वीरगंजमा कर्फ्यू उल्लंघन गर्ने ४० जना पक्राउ, निषेधाज्ञा लम्बियो

news-details

पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय प्रशासनले लगाएको कफ्र्यु उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।

स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे । अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षिय बैठक बसिरहेको छ । वीरगञ्जमा शनिबार भएको घटनाले धार्मिक सदभाव विथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षिय बैठक राखेको हो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा कर्फ्युको समय बढाएको छ।

आज मध्याह्न १२:०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२:०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७:३० बजेदेखि आइतबार १२:०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२:०० बजेसम्मका लागि बढाएको जानकारी दिए।

यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरू कफ्र्युका कारण सीमा क्षेत्रमा अलपत्र परेका छन् । यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *