वीरगञ्जमा दुई पक्षबीचको झडपले स्थिति तनावग्रस्त, कर्फ्यु आदेश जारी

news-details

पर्साको वीरगञ्जमा दुई पक्षबीचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछी वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्यु आदेशमा आज साँझ ६ः३० बजे देखि भोलि दिनको १२ बजे सम्म रहने उल्लेख छ । पुर्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कफ्र्यु आदेश जारी गरेको छ ।

सो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरि कफ्र्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेको हो । हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछी झडप भएको हो ।

उक्त शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको बताइएको छ । झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन् । उनीहरूको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *