यूरो स्कुल सृजनानगर : एकैपटक ३९ जना विद्यार्थी भए दिक्षित (फोटोफिचर)

news-details

यूरो स्कुल सृजनानगर भक्तपुरले विद्यालयको वार्षिकोत्सव तथा दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

गत चैत्र २३ र २४ गते सम्पन्न भएको कार्यक्रम २ वटा सत्रमा विभाजन गरि संचालन गरिएको थियो । जसअन्तर्गत यूरो किड्स युकेजी सम्मको वार्षिकोत्सव तथा दिक्षान्त समारोह पहिलो दिन र कक्षा १ देखि ६ सम्मको दोस्रो दिन आयोजना गरिएको थियो ।

पहिलो दिन आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता सुर्यविनायक नगरपालिकाका नगर उप–प्रमुख सरिता तिमल्सिना भट्टराईले गरेकी थिइन् भने दोस्रो दिनको भएको कार्यक्रमको प्रमुख आतिथ्यता सुर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले गरेका थिए । त्यस्तै दुवै दिनको सभापतित्व विद्यालयका संस्थापक अध्यक्ष नवराज काफ्लेले गरेका थिए ।

सोही अवसरमा विद्यालयले आफ्ना विद्यार्थीहरु भित्र रहेका अन्तरनिहीत क्षमता र विद्यालयबाट सिकेका ज्ञान, सिप र क्षमतालाई शिक्षक तथा अभिभावक माझ देखाएको थियो । दुवै दिन संचालन भएको कार्यक्रममा बालबालिकाहरुले सांगितिक कार्यक्रम, नृत्य, गायन, अभिनय, उद्घोष, मार्सल आर्ट, कराते, योगा लगायतका प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले विद्यालयको वार्षिकोत्सवको शुभकामना दिदै यूरो स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेकामा खुशी व्यक्त गरे । साथै आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै नगर उप–प्रमुख सरिता तिमल्सिना भट्टराईले दिक्षान्त समारोहबाट दिक्षित भएर गएका बालबालिकाहरुलाई उज्वल भविष्यको लागि शुभकामना व्यक्त गरिन् । उनले यूरो स्कुलले आफूलाई निमन्त्रणा गरि बालबालिकाहरुसँगै घुलमिल हुन पाउँने अवसर जुराएकोमा खुशी महशुस भएको बताइन् ।

विद्यालयका हरेक बालबालिकाहरुको क्षमता देखेर आफु उत्साहित भएको बताउदै उनले यूरो स्कूल बालबालिकाहरुको शिक्षा र संस्कारका लागि राम्रो गन्तव्य रहेको बताइन् ।

त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष काफ्लेले पढाईलाई किताबी ज्ञानभन्दा बाहिर लानुपर्छ भन्ने उद्देश्यका साथ बच्चाहरुसँग हरेक कुराहरु जोड्नका लागि विद्यालयले प्रत्येक दिन कक्षाकोठामा सिकाइरहेका कुराहरुलाई वार्षिकोत्सवमा देखाएको बताए ।

यूरो स्कुलका बालबालिका अन्य स्कुलका भन्दा स्मार्ट र हरेक कुरामा अब्बल रहने जिकिर गर्दै उनले हरेक अभिभावकले आफ्नो बच्चालाई राम्रो वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि यूरो स्कूल नै ‘वान अफ दि बेस्ट’ रहेको बताए ।

त्यस्तै विद्यालयकी प्रद्यानाध्यापक सम्झना गिरीले विद्यालयले बालवालिकाहरुको चौतर्फि विकासमा ध्यान दिने गरेको बताउँदै बालबालिकाहरुलाई १०–१५ वर्षपछिको मार्केटमा प्रतिस्पर्धा गराउँन सक्ने बनाउनमा यूरो स्कूल लागिपरेको समेत जनाइन् ।

सोही अवसरमा विद्यालयले युकेजी पास गरेका ३९ जना विद्यार्थीहरुलाई दिक्षान्त समारोह आयोजना गरि दिक्षित गरेको थियो ।

आफ्ना बच्चाहरुले यूरो स्कूलबाट धेरै कुराहरु सिक्न पाएको र उनीहरुको वृद्धि विकासमा यूरो स्कूलको महत्वपूर्ण भूमिका रहेको भन्दै अभिभावकहरु पनि सन्तुष्ट देखिएका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै विद्यालयमा ५ वर्षभन्दा बढी काम गरेका ७ जना शिक्षक तथा कर्मचारीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने २ वर्षभन्दा भन्दा बढी समय काम गरेका ६ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्ले ग्रुपदेखि कक्षा ६ सम्म पठनपाठन भैरहेको यूरो स्कुल सृजनानगर भक्तपुरमा अहिले ३ सयभन्दा बढी विद्यार्थीहरु रहेका छन् । विद्यालयले आगामी वैशाखदेखि कक्षा ७ सम्म विस्तार गरिने र आगामी दिनमा कक्षा १२ सम्म पठनपाठन गर्ने लक्ष्य रहेको अध्यक्ष काफ्लेले जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *