आज तीन संसदीय समितिको बैठक बस्दै
- चैत्र २९, २०८१
- 0

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ ।
शुक्रवार कानून, न्याय तथा मानवअधिकार समिति को बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा २०८१ साल चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी आज संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको ५८ औँ बैठक बस्दैछ ।
अपराह्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७३ औँ बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने भएको छ । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत १०० रुपैयाँ वा सो भन्दा […]
देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन् । नेपाल सरकारको आफ्नै लगानी […]
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग आग्रह

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा […]
१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि […]
परीक्षा बोर्डले भन्यो : ‘कक्षा १२ को परीक्षा सरेको छैन, भ्रामक सूचना दिनेलाई कारवाही हुन्छ’

वैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण […]