प्रधानमन्त्रीले मधेश प्रदेश सभालाई सम्बोधन गर्दै
- चैत्र २६, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ ।
सम्बोधन पश्चात प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टीको ११औं सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न सिरहा जान लागेका हुन् ।
सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले सिरहाले जनाएको छ ।
0 प्रतिक्रिया
सरकारमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

आज बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकले गठबन्धन र सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा […]
स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ । सबै विद्युतीय चिकित्सा […]
मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र […]
कतारमा संखुवासभालीको ‘नौमती पन्चे बाजा’

स्वदेशमा भन्दा पनि विदेशमा पनि नेपाली कला,संस्कृती र परम्पराको जगेर्नाका लागि काम भइरहेका छन् । नेपाली परम्परा र संस्कृती जोगाउनका […]
नीति तथा कार्यक्रमका लागि एमालेले दियो प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको […]