राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन शान्तिपूर्ण हुन्छ’
- चैत्र २५, २०८१
- 0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।
सोमबार पार्टीका कार्यलय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली (मंगलबार) गर्ने प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए।
उनले भने, ‘मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले निश्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली (मंगलबार) बल्खु क्षेत्रमा गर्ने प्रदर्शन पनि शान्तिपूर्ण र अहिंसात्मक हुनेछ । विरोध प्रदर्शन भद्र अवज्ञाको रुपमा, सत्याग्रहको रुपमा हामीले अगाडि बढाउँछौं ।’
साथै लिङ्देनले आफ्नो जिवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरे । राप्रपाले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।
लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए ।
उनले भने,‘बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्नेछौं । आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्छ त्यसलाई रोक्न हामी हजारौँ स्वयंसेवक खटाउने छौं । मंगलबार ९ बजेबाटै कार्यक्रमस्थलमा स्वयंसेवकहरु हुनेछन् ।’
0 प्रतिक्रिया
वीरगञ्जमा दुई पक्षबीचको झडपले स्थिति तनावग्रस्त, कर्फ्यु आदेश जारी

पर्साको वीरगञ्जमा दुई पक्षबीचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा […]
‘१७ हजार प्रचण्डले मार्यो भन्छन्, हत्याको त कुरै छाडौ मैले एक जनालाई पिटेको पनि छैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगहरूलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने बताएका […]
अरुले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमा गर्यौ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिबार झापाको […]
सबै नेता उस्तै भन्नु गलत : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन् । शनिवार […]
सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बद्नाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको […]