जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता
- चैत्र १७, २०८१
- 0

शुक्रबारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौं महानगर प्रहरीको टोली गेटबाटै फर्किएका छन् ।
शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ ।
उक्त पत्र लिएर आइतबार निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका हुन् । निर्मल निवासबाट टोली फिर्ता भएपनि हुलाकमार्फत जरिवानाको पत्र पठाइएको महानगर नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए ।
0 प्रतिक्रिया
रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी

संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ । रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ […]
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि गएका छन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज (मंगलबार) उनी थाइल्याण्ड गएका […]
सांसद दीपक बोहराको निधन

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मंगलबार निधन भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओम अस्पतालमा उपचारका […]
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् । लामिछानेले रास्वपाका सांसदहरुसहित आज […]
त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ । यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको […]