आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
- चैत्र १२, २०८१
- 0

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक बदली देखि मौसम सफा रहेको छ ।
आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
यसको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती भने देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
सरकारको निर्णयविरूद्व कुलमान सर्वोच्चमा, पुरानो मुद्दा टुंग्याइदिन भन्दै हितेन्द्रदेवद्वारा पनि रिट दायर

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयलाई चुनौती दिन सर्वोच्च अदालत पुगेका छन् । सरकारले पदबाट बर्खास्त […]
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित […]
भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रूपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन […]
गंगालाल अस्पतालमा विपन्न बालबालिकाको निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क […]
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, अहिलेसम्म १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उ इटहरी उपमहानगरपालिका–६ स्थित […]