संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय
- चैत्र १०, २०८१
- 0

नेपाली कांग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक आज सम्पन्न भएको छ । यसले विविध विषयहरुमा छलफल गरेको छ । सर्वप्रथम नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धताको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ यसप्रति पूर्ण प्रतिवद्धता जाहेर ग¥यो । संविधानमार्फत नै जनताका आवश्यकता र समस्या र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने निर्णय गरेको छ ।’
साथै गणतान्त्रिक मोर्चाको पक्षमा पनि काङ्ग्रेस नरहेको उनले बताए । बैठकले स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेको समेत महतले बताए ।
0 प्रतिक्रिया
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित […]
भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रूपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन […]
गंगालाल अस्पतालमा विपन्न बालबालिकाको निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क […]
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, अहिलेसम्म १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उ इटहरी उपमहानगरपालिका–६ स्थित […]
प्रतिपक्षको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित, प्रधानमन्त्रीसँग जबाफ माग

विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै विरोध गरेका छन् । बुधबार बसेको […]