खानेपानी संस्थानको विनियमावली सार्वजनिक

news-details

खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी संस्थानको कार्यालहरुमा सेवासर्त सम्बन्धि विनियमावली आएको बताएका छन् ।

आइतबार नेपाल खानेपानि सस्थानको कर्मचारी सेवाशर्त सम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले विनियमावलीको बारेमा धेरै प्रयास गरेर अहिले स्वीकृत भएको बताएका हुन् ।

उनले भने, ‘म मन्त्री भएको आठ महिना जति भइसकेको छ । जबदेखि म खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाले तब बिचबिचमा मैंले खानेपानी संस्थानको कार्यालहरुमा जाँदा सबै कर्मचारीहरुको एउटै कुरा थियो, हाम्रो विनियमावली खोई ? खास गरेर यो विनियमावलीको बारेमा धेरै प्रयास गरेर अहिले स्वीकृत भएको छ ।’

साथै उनले कर्मचारीहरुको चाहना बमोजिम विनियमावली आएको बताए । उनले यसले कर्मचारीहरुको अनुसार परिमार्जन गर्न सकिने र कर्मचारीहरुको आवश्यक्ता अनुसार यसलाई अगाडि बढाउन सकिने बताए ।

उनले भने, ‘जुन कर्मचारीहरुलाई विनियमावीको चिन्ता थियो । त्यो अब दुर भएको छ । खत्तम भएको छ । अब कर्मचारीहरुको चाहना बमोजिम विनियमावली आएको छ । यसलाई साझा रुपमा लिएर जानुपर्छ । कसैलाई चोट पुग्छ, लाग्छ भने विनियमावली भनेको कुनै रामायण वा महाभारतको ग्रन्थ होइन परिवर्तन नहुनलाई । परिमार्जन गर्न सकिन्छ तर शंसोधन पनि गर्न सकिन्छ । कर्मचारीहरुको आवश्यक्ता अनुसार यसलाई अगाडि बढाउन सकिन्छ । त्यसकारण यो कुनै ग्रन्थ होइन, की यसलाई परिवर्तन हुन सक्दैन् । केही थप्नुपर्ने, केही मिलाउनुपर्ने छ भने त्यो अवश्य हुनेछ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *