मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट
- चैत्र ८, २०८१
- 0

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ ।
बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्मन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट हुन पुगेको हो ।
भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ ।
त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने असँख्य पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आदि विषयमा छलफल भएको मुख्यन्त्री सिंहले जानकारी दिएका छन् ।
0 प्रतिक्रिया
मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु

मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर […]
एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्याइदिने

काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पु¥याउने भएको छ । विद्यार्थीहरूको […]
समाजवादी मोर्चाले आज ८ स्थानबाट जुलुस निकाल्ने

राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ […]
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन

काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन् । प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त […]
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान […]