संघीय संसदका तीन समितिको बैठक बस्दै
- चैत्र ८, २०८१
- 0

शुक्रबार संघीय संसद्का तीन समितिको बैठक बस्दैछ । तीनवटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा अजेन्डामा छलफल हुनेछन् । समिति अन्तर्गतका उपसमितिहरुमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक ११ः०० बजेबाट सुरु हुनेछ ।
साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ । लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्वजनिक गरिसकेको छ । बैठक १०ः१५ बजेबाट सुरु हुनेछ ।
0 प्रतिक्रिया
राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र जलेर एकजना पत्रकारको मृत्यु

आज काठमाडौंको तीनकुनेमा प्रहरीसँगको झडपका क्रममा राजावादीले घरमा आगो लगाउँदा जलेर एकजना पत्रकारको पनि मृत्यु भएको छ । राजावादीले आगो […]
दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ : गृह मन्त्रालय

गृहमन्त्रालयले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । गृहमन्त्रालयमा पत्रकार सम्मेलन […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका […]
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको […]
‘तीनकुनेमा अराजकता देखाएर राजावादीहरुले आफ्नो चरित्र देखाए’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित […]