प्रधानमन्त्री र माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
- चैत्र ७, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए ।
0 प्रतिक्रिया
रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

लायन्स इन्टरनेशनल ३२५ आई नेपाल अन्तर्गत रिजन १४ का रिजन चेयर पर्सन लायन शशीभूमी श्रेष्ठले आफ्नो रिजन कन्फ्रेन्स सम्पन्न गरेकी […]
रिटर्नी फेडेरेसको राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ मा हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसंगठनको रुपमा क्रियाशील रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत्र १५ र १६ गते […]
भारत भ्रमण उपलब्धिमूलक रहयो, विद्युतका विषयमा पनि कुरा भयो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार […]
लुम्बिनी मेडिकल कलेजमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा […]
पाँच वर्षको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ एकैपटक प्रदान

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान […]