माओवादीको रोकिएको तराई-मधेश जागरण अभियान आजदेखि
- चैत्र ७, २०८१
- 0

नेकपा (माओवादी केन्द्र)ले पुनः तराई-मधेश जागरण अभियानको थालनी गरेको छ। बिहीबार र शुक्रबार पर्सामा जागरण अभियानका विभिन्न कार्यक्रम तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बिहीबारनागरिक समाज र सञ्चारकर्मीसँग अन्तरक्रिया गर्नुका साथै पार्टी नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय गरिएको उनले जानकारी दिए। पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली शनिबार गते चितवन पुग्ने तालिका छ।
माओवादीले झापाको कचनकवलबाट फागुन १२ गते अभियान थालेको थियो। यद्यपि राजावादी सक्रिय हुन थालेको भन्दै फागुन २४ गते अभियान स्थगित गर्दै माओवादी नेताहरू काठमाडौं फर्किएका थिए। यसअघि माओवादीले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ।
माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन।
0 प्रतिक्रिया
विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन […]
पक्षघात उपचारका लागि मन्त्री पौडेलले घोषणा गरेको निःशुल्क औषधी वितरण प्रक्रिया शुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो […]
बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा महायज्ञ लगाइने

बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१ आयोजना हुने भएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रमा पत्रकार सम्मेलनको आयोजना […]
राजतन्त्रकालमा लादिएका निरकुङ्शतालाई जनताले विर्सिएका छैनन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको बताएका छन् । नेपाल […]
माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरुको भाष्य खारेज भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बनाउँदै गएको बताएका छन् । जनतासँग […]