कांग्रेस मुख्य सचेतक घिमिरेले संसदबाटै मागे माफी
- चैत्र ६, २०८१
- 0

नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफि मागेका छन् ।
गत आइतबार देशको विकास र पर्यटकहरुको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए । यसप्रति धेरै टिकाटिप्पणी भएपछि बुधबार बसेको प्रतनिधिसभाको बैठकबाटै उनले माफि मागेका हुन् ।
उनले भने, ‘यही चैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन । यस विचारले संसदका सदस्यहरु र जन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमायाचना चाहन्छु ।’
घिमिरेले आफूले रोखेको अभिव्यक्ति पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको पनि प्रष्ट पारे ।
0 प्रतिक्रिया
राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न २९४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा, विद्यार्थी, […]
संविधान अनुसार एक्लै बहुमत ल्याउन कठिन भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ : देउवा

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए […]
तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोजे : डा. बाबुराम भट्टराई

नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो […]
कांग्रेस मुख्य सचेतक घिमिरेले संसदबाटै मागे माफी

नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफि मागेका छन् । गत आइतबार देशको विकास र पर्यटकहरुको वृद्धिका […]
टोखामा ट्रकबाट बरामद भएको २५ करोड माओवादीको भएको दुर्गा प्रसाईको दावी

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गरेका छन् । आज […]