मौसम पूर्वानुमान : केही भू-भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
- चैत्र ५, २०८१
- 0

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।
यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
0 प्रतिक्रिया
प्रहरीभित्र सुधारको प्रारम्भ आफैबाट गर्छु भनेर अघि बढ्नुको विकल्प छैन : नवनियुक्त आईजीपी थापा

सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ । मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि […]
कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी […]
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ […]
नेपाल कमर्स क्याम्पसमा मतदान सुरू (तस्वीरहरु)

नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचनको मतदान प्रक्रिया सुरू भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ […]
आज एकै दिन ६ वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, कृषि, सहकारी तथा […]