शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि लाग्यो आगो

news-details

चैत महिना सुरु हुने बित्तिकै रामेछापका जङ्गलहरूमा आगलागी सुरु भएको छ ।

जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ ।

शैलुङको जङ्गलमा शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छाङखोला नजिकैबाट लागेको आगो अहिले शैलुङको जङ्गलमा लागि रहेको छ ।

शनिबारबाट जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा पर्ने लिसेखानी सामुदायिक वन क्षेत्रमा पनि शनिबारबाट डढेलो लागेको छ । बस्ती नजिकैको जङ्गलमा सल्केको डढेलोको कारण केही घर समेत उच्च जोखिममा छन् ।

दुवै तर्फको डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जुटिरहेका छन् । टोकरपुरको डढेलो ठुलो वन क्षेत्रमा फैलिएकोले नियन्त्रण बाहिर पुगेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *