दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ : प्रचण्ड
- चैत्र १, २०८१
- 0

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् ।
संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए ।
समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मान्नेहरुलाई कहिल्यैपनि अपमान नगरेको बताए ।
उनले भने, ‘जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मानेका छन् । त्यसमा कहिले पनि अपमान गरेका छैनौं । प्रष्टसँग राज्यले हस्तक्षेप गर्नु हुन्न । त्यो जनताको स्वतन्त्रताको कुरा हो । कुन धर्म, कुन संस्कृति, कुन परम्परालाई मान्ने भन्ने कुरा अधिकार हो । हाम्रो संविधानले निर्माण गर्दा धर्म निरपेक्षमा पनि सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि गर्दै आएको छ ।’
साथै उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए ।
‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेला निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’
प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए ।
0 प्रतिक्रिया
प्रभु बैंकद्धारा मुक्तिनाथ मन्दिरमा ‘भीम युपिआई’ सेवा शुभारम्भ

प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा भीम युपिआई सेवा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र […]
प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले […]
स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप […]
ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, इतिहास पढेर आउन सुझाव

नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् । […]
महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि संभव : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । […]