नेपालीहरु झुटो धेरै बोल्न थाले, त्यसैले विदेशीले पत्याउन छाडिसके : मुख्यमन्त्री लामा

news-details

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने बताएका छन् । बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुने बताएका हुन् ।

उनले भने, ‘नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने अवस्था छ । सबै सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुन सक्छन् । हामी सबै सकारात्मक हुनुपर्यो । हामी नेपालीहरु झुटो धेरै बोल्ने भयौं, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो । हामीले विस्तारै विस्तारै झुटो बोल्न छोड्नुपर्छ अनी मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन् ।’

साथै उनले उद्योग बिना रोजगारी सिर्जना हुन नसक्ने बताए । उनले उद्योगमा जोड दिएनौं, पाखा लगायौं भने झन बेरोजगार बढ्ने बताए ।

उनले भने, ‘उद्योग बिना रोजगारी सिर्जना हुन सक्दैन । रोजगारी सिर्जना गर्ने ठाउँ नै रोजगारी हो । उद्योगमा जोड दिएनौं भने पाखा लगायौं भने हामी सबै बेरोजगार हुन सक्छौं । रोजगारी सिर्जना हुने कामहरु हामीले गर्न सकेका छैनौं । खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौं । अब हामीले उद्योगलाई जोड दिनुपर्छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *