काठमाडौँ उपत्यकामा बिहानैदेखि ठाउँ-ठाउँमा चेकजाँच सुरु

news-details

होलीलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ ।

बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनका अनुसार ट्राफिक र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँच गर्छन् ।

सवारीसाधन चलाउनेहरूले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने खनालले जानकारी दिए । लागु पदार्थ सेवन गरेको भेटिए मुद्दा चलाइने खनालले बताए ।

३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको खनालले बताए । उनले भने, ‘सीसीक्यामेरा र ड्रोनबाट पनि अवाञ्छित गतिविधिबारे मनिटर गर्छौँ ।’

दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना छ । बिहीबार बिहानैबाट चेकजाँच सुरु गरिने जानकारी दिँदै खनालले भने, ‘ओभर स्पिडमा सवारी चलाएमा र क्षमता भन्दा धेरै यात्रु बसेमा कानुनी कारबाही हुन्छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *