सुमनाले काँग्रेस नेताले जग्गा हडपेको आरोप लगाएपछि सांसदहरूको आपत्ति
- फाल्गुन २८, २०८१
- 0

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काँग्रेसका नेताले जग्गा हडपेको आरोप लगाएपछि संसद बैठकमा तनाव भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काठमाडौँ जिल्लाको क्षेत्र नं ६ मा पर्ने तारकेश्वर ९ मा रहेको नेपाल सरकारको जग्गा कित्ता नम्बर ६३ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको गुनासो रहेको बताएकी थिइन् । स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको श्रेष्ठको भनाइ थियो ।
कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सुरुमा उठेर आपत्ति जनाएका थिए। त्यसपछि कांग्रेसका अन्य सांसदहरूले पनि उठेर हल्ला गरे त्यसपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भन्दै सोधेका थिए । त्यसपछि कांग्रेसका आधा दर्जन सांसदहरू उठेर विरोध गरे ।
तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन् । सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो । उनले प्रतिनिधिसभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए ।
तथ्य पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन् ।