तीनवटा समितिको बैठक बस्दै
- फाल्गुन २८, २०८१
- 0

संघीय संसद अन्तर्गत बुधबार तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि दफावार छलफल हुनेछ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्थाका बारेमा छलफल हुनेछ ।
छलफलका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकलाई आमन्त्रण गरिएको छ ।
0 प्रतिक्रिया
पोखरामा चैत्र ५ गतेदेखि अन्तराष्ट्रिय उडान सुरु हुँदै

पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्ससँगको सहकार्यमा पोखरामा अन्तराष्ट्रिय उडान सुरु हुने भएको छ । […]
सुमनाले काँग्रेस नेताले जग्गा हडपेको आरोप लगाएपछि सांसदहरूको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काँग्रेसका नेताले जग्गा हडपेको आरोप लगाएपछि संसद बैठकमा तनाव भएको छ । राष्ट्रिय स्वतन्त्र […]
गणतन्त्र आईसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानूनमा बाचिरहेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन् । […]
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको अनुरोध

काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा भोलि मनाइने होली पर्वको चहलपहल सुरु भएको छ। एक आपासमा विभिन्न रङ दलेर र शुभकामना […]
तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत बुधबार तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित […]