पोखराबाट उडे पूर्वराजा, त्रिभुवन विमानस्थल बाहिर राजावादीहरुको प्रदर्शन सुरु

news-details

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं प्रस्थान गरेका छन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरुले भव्य बिदाई गरे ।

पोखरामा निजी भ्रमणका क्रममा लामो समयका बिताएपछि पूर्वराजा आज काठमाडौं फर्किन लागेका हुन् । समिट एयरको चार्टर जहाजमार्फत उनी आउँदैछन् ।

पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाई गर्न समर्थकको भिड लागेको थियो । उनलाई पञ्चेबाजा बजाएर बिदाई गरियो ।

यता काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । पूर्वराजा शाह पोखराबाट आउनु अगाडि नै त्रिभुवन विमानस्थलबाहिर प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *