तारिख बुझ्न कास्की हिँडे रवि लामिछाने, भोलि रुपन्देही अदालतमा जाने
- फाल्गुन २५, २०८१
- 0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् ।
उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए ।
रवि सोमबार रुपन्देहीमा पनि जानेछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगि प्रकरणमा लामिछाने एक करोड धरौटीमा रिहा भएका थिए ।
सहकारी प्रकरणमा चार जिल्ला कास्की, रुपन्देही, चितवन र काठमाडौंमा मुद्धा खेपिरहेका लामिछाने हाल राजनीतिक रुपमा भने निष्क्रिय रहेका छन् ।
0 प्रतिक्रिया
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ । फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको […]
कुलमान घिसिङले पठाए मन्त्रिपरिषद्ले सोधेको स्ष्टीकरणको जवाफ (पूर्णपाठ)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरणको जवाफ पठाएका छन् । तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा […]
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा स्तरोन्नति गरिने

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका […]
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ उत्रिदा समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार […]
जागरण अभियानले जनतामा माओवादीप्रति भरोसा बढाएको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ […]