सामाजिक संजालमा मेयर बालेनको ६ बुँदे ब्रिफिङ : ‘सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार छु’

news-details

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको र यसका लागि कसैसँग सम्झौता नगर्ने बताएका छन ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले सरकारले महानगर बारे भ्रम फैलाउन खोजेको भन्दै उक्त विषयलाई ६ बुँदामा प्रष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखिएको उक्त प्रष्टिकरणमा मेयर शाहले आफू सरकारको दुस्मन नभइ साझेदार भएकोमा महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भनेर भ्रम फैलाउन खोजिएको भन्दै आपत्ति जनाएका छन ।

मेयर शाहले लेखेका छन ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *