पशुपतिमा महाशिवरात्रिको रौनक (तस्बिरहरु)
- फाल्गुन १४, २०८१
- 0

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको छ ।
महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
0 प्रतिक्रिया
एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमालेले १८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय […]
नेपाली सेनाले टुँडिखेलमा मनायो स्थापना दिवस (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको सेना दिवस २०८१ को […]
अब हाम्रो पार्टी उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट […]
पशुपतिमा महाशिवरात्रिको रौनक (तस्बिरहरु)

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ […]
राजदूत नेपालद्वारा स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश

स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । मंगलबार म्याड्रिडस्थित […]