सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : उपप्रधानमन्त्री सिंह

news-details

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताएका छन् । आइतबार भौतिक समितिको बैठकमा बोल्दै उनले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने बताएका हुन् ।

उनले भने, ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ । सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो । मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ ।’

साथै उनले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताए । उनले काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हामीले हाम्रो मोडल जुन छ यसमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘अब अहिले जुन हाम्रो नयाँ सहरको कन्सेप्ट छ जुन काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि समय त लाग्छ । तर काम गर्नको हामी तयार भएर मोडललाई ध्यान दिएर काम गर्नुपर्छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *