कांग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर कोइराला
- फाल्गुन ११, २०८१
- 0

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन्।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली कांग्रेस सत्ता पक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिलाई लिएर कतिपयले कांग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट सुरु भएको अनुमान गरेका थिए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोइरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभई पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पारे।
उनले आगामी निर्वाचनमा पनि एमाले नै कांग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताए।
सांसद कोइरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताए।