‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो : ‘हाम्रो घर दरबार होइन’
- फाल्गुन १०, २०८१
- 0

प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ । शनिबार एक विशेष समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।
सोही पुस्तक लोकार्पण गर्र्दै प्रथम महिला राधिका शाक्यले गरिब दुखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, विहेसम्मका कुराहरु यो पुस्तका समेटिएको बताइन् ।
उनले भनिन्,‘म सानैदेखि गरिब दुखीहरुलाई देख्न नसक्ने खालको मान्छे थिए यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै विहेसम्मका कुराहरु समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरु गरिरहेको छु ।’
साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुखेसो व्यक्त गरिन् । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहेनतले घर बनाएको बताइन् ।
‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाए । मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं । हामी कति वर्ष डेरामा बस्यौं त्यो किताबमा छ । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा काहीकतै बाट केही गरेर लिएका छैनौं । आफ्नै पसिना, मेहेनतले घर बनाएका हौं । यसमा भ्रष्ट्राचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन ।’