बालेनलाई सांसद सिंहको चुनौती : ‘हिम्मत भए संसद भवन भत्काएर देखाऊ’

news-details

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाऊ भन्दै चुनौती दिए ।

उनले बालेनलाई च्यालेज गर्दै भने, ‘म बालेनलाई चुनौती दिन चाहन्छु । हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन । यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ? मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको ?’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *