जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि
- माघ २८, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/jasapa.png)
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन गरिएको छ ।
यस अघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाण्डौमा बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
0 प्रतिक्रिया
छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन रूपन्देही अदालतको आदेश
![छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन रूपन्देही अदालतको आदेश](https://rojgarmanch.com/wp-content/uploads/2024/09/chabilal.jpg)
जिल्ला अदालत रूपन्देहीले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सुप्रीम सहकारी ठगी प्रकरणमा आज जिल्ला […]
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित
![प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Samsad-New-2081.jpg)
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख […]
समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने होइन् : प्रचण्ड
![समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने होइन् : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/P11.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताएका […]
कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला
![कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Shekhar.jpg)
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई सधैं गलत नै भन्नुपर्ने बताएका छन् । सोमबार आयोजित ‘गिरिजाप्रसाद कोइराला र […]
बालेनलाई सांसद सिंहको चुनौती : ‘हिम्मत भए संसद भवन भत्काएर देखाऊ’
![बालेनलाई सांसद सिंहको चुनौती : ‘हिम्मत भए संसद भवन भत्काएर देखाऊ’](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Amresh-Kumar-Singh.png)
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका […]