विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता
- माघ २५, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Arju_Iran.jpg)
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् ।
फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।
इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् । तर हालसम्मको सूचीमा जोशीको नाम सार्वजनिक भएको छैन ।
मन्त्री डा राणाले इजरायल, इजिप्ट, कतारलगायतका विदेशमन्त्री तथा प्रतिनिधिसँग यसै विषयमा फोनवार्ता गरेकी थिइन् ।
0 प्रतिक्रिया
जेष्ठ सदस्य भुवन बहादुर सुनारको संयोजकत्वमा दलित सांसद मञ्च गठन
![जेष्ठ सदस्य भुवन बहादुर सुनारको संयोजकत्वमा दलित सांसद मञ्च गठन](https://rojgarmanch.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-07-at-15.32.54.jpeg)
विभिन्न राजनैतिक दलहरुबाट दलित समुदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यहरुको सहभागितामा दलित सांसद मञ्च गठन गरिएको छ । जेष्ठ सदस्य भुवन […]
रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न रास्वपाको माग
![रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न रास्वपाको माग](https://rojgarmanch.com/wp-content/uploads/2025/02/DP-2.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् […]
हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित
![हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित](https://rojgarmanch.com/wp-content/uploads/2025/02/mugu-scaled.jpg)
दान बहादुर बुढा । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा […]
बुढीगण्डकी हाइड्रोपावर र राष्ट्रिय वाणिज्य बैंक बिच लगानी सम्झौता, अध्यक्ष न्यौपाने र सिइओ खनालले गरे हस्ताक्षर
![बुढीगण्डकी हाइड्रोपावर र राष्ट्रिय वाणिज्य बैंक बिच लगानी सम्झौता, अध्यक्ष न्यौपाने र सिइओ खनालले गरे हस्ताक्षर](https://rojgarmanch.com/wp-content/uploads/2025/02/a544299a-2386-4287-9e6a-44c4eed3decd.jpg)
गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी […]
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता
![विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Arju_Iran.jpg)
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका […]