न्यायिक हिरासतमा रहेका लामिछानेको चितवन अदालतमा आज पनि थुनछेक बहस हुँदै

news-details

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि चितवन जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

बुधबार थुनछेक बहस नसकिएपछि चितवन जिल्ला अदालतले आज पनि अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

थुनछेक बहस नसकिएकाले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न बिहीबारका लागि बोलाइएको हो ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा बुधवारदेखि बहस शुरु भएको छ ।

बुधबार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका थिए । साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान शुरु भएको थियो । बयान सकिएसँगै हिजोबाटै थुनछेक बहस पनि शुरु गरिएको थियो ।

हिजो सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाले बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट पनि रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए ।

अन्यको बहस आज शुरु हुने बताइएको छ । थुनछेक बहस सकिएमा आजै आदेश आउने सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *