रविमाथि संगठित अपराधमा अभियोजन नगरेको भन्दै जिल्ला न्यायाधिवक्तामाथि नै छानबिन सुरु

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संगठित अपराधमा अभियोजन नगरेको भन्दै जिल्ला न्यायाधिवक्तामाथि नै छानबिन थलिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनबाट तत्काल महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो ।

सरकारी वकिलको कार्यालयले हिजो सहारा बचत तथा ऋण सहकारीको रकम अपचलनसम्वन्धी मुद्दामा लामिछानेसहित १५ जनामाथि पूरक अभियोजन दर्ता गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *