आजको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- माघ २३, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
कोशी प्रदेश,मधेस प्रदेशमा दिउँसो आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति भने हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।