बालबालिकासँग रमाए जितु (फोटोफिचर)
- माघ २१, २०८१
- 0
यूरो किड्स गोठाटारले वसन्त पञ्चमी अर्थात् स्वरस्वती पुजा भव्य रुपमा मनाएको छ ।
यूरो स्कूलका संस्थापक अध्यक्ष नवराज काफ्ले, चर्चित हास्यकलाकार जितु नेपाल र विभिन्न विशिष्ट व्यक्तित्व, विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थितिमा विद्यालयले विधिवत रुपमा स्वरस्वती पुजा मनाएको हो ।
वसन्त पञ्चमीकै अवसर पारेर विद्यालयले प्ले ग्रुपदेखि युकेजी सम्म नयाँ बालबालिका भर्ना गरेको छ । भर्ना भएका बालबालिकाहरुलाई वसन्त पञ्चमी कै अवसर पारेर अक्षाराम्भ समेत गराईएको छ ।
स्वरस्वती पुजाकै अवसरमा हास्य कलाकार जितु नेपालले विद्यालयको अवलोकन गरेका छन् । बालबालिकाहरु सँग रमाउँदै उनले वसन्त पञ्चमी मनाएका छन् ।
सम्पुर्ण मापदण्ड पुरा गरेर बालबालिकाहरुका लागि एकदमै राम्रो उचित वातावरण भएको ठाउँमा यूरो किड्स संचालनमा आएको भन्दै विद्यालय परिवारलाई शुभकामना व्यक्त गरे । आफ्नो बच्चालाई पनि यूरो किड्स नै पढाएको स्मरण गर्दै उनले सम्पुर्ण अभिभावकहरुले आफ्नो बच्चालाई राम्रो संस्कार सिकाउँदै उज्वल भविष्य निर्माण गराउँनका लागि यूरो किड्सलाई रोज्न आग्रह गरे ।
विद्यालयको अवलोकन वरिष्ठ कलाकार चक्र दवाडी (विपी), चर्चित कलाकार तथा कार्टुनिष्ट आषिस खनालले समेत गरेका थिए । साथै उनीहरुले यूरो किड्सले बालबालिकाको भविष्य सुनिश्चित गर्न ठूलो सहयोग गरेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।
वसन्त पञ्चमीकै अवसर पारेर अध्यक्ष काफ्ले र मेजिङ डाइरेक्टर हेमन्त गौतमले विधिवत रुपमा स्वरस्वतीको मुर्ती स्थापना गर्दै पण्डितलाई मन्त्र वाचन गर्न लगाएर पुजाआजा गरेका थिए ।
आफ्नो बच्चालाई युरो किड्समा राखेर धेरै सकारात्मक परिवर्तन आएको भन्दै विश्वज्योती मलका संचालक तथा अभिभावक रिवाज सिंह सराफले खुशी व्यक्त गरे । साथै बच्चाले घरमा नसिकेका कुराहरु सिक्न पाएको घरमा जस्तै राम्रो हेरचाह गरेको हुनाले युरो किड्सलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा युरो किड्सका प्रधानाध्यापक सम्झना गिरी, मेनेजिङ डाइरेक्टर हेमन्त गौतम, डाइरेक्टर ममता पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाई भईरहेको छ । गुणस्तरीय शिक्षा दिने विद्यालयका रुपमा ब्राण्ड बनाएको प्रिस्कुल यूरो किड्स कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा बालबालिकाहरु खेल्दै, रमाउँदै, सिक्दै गरिरहेका छन् ।
विश्वभर करिब १४ सय शाखा रहेको यूरो किड्सको गोठाटार शाखा सबैभन्दा कान्छो हो । यूरो किड्स भर्ना गरेको छोटो समयमा बालबालिकाहरु निकै सृजनशिल बनेको भन्दै अभिभावकहरु हर्षित बनेका छन् ।