देशमा पश्चिमी वायूको सामान्य प्रभाव
- माघ २०, २०८१
- 0
देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आइतबार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।
0 प्रतिक्रिया
सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडले
अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको […]
कार्य गर्ने पद्धतिमा तालमेल नहुँदा सोचेजस्तो काम हुन सकेन् : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यक्ताहरु असिमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन् । […]
संघको निर्वाचनको संघारमा एकता समाजको निर्वाचन, अध्यक्षमा पुनः क्षेत्री निर्वाचित (फोटो फिचरसहित)
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः हरिबहादुर पाण्डे क्षेत्री निर्वाचित भएका छन् । समाजको शुक्रबार सम्पन्न सातौं साधारणसभाले […]
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने भएको हो […]
जसपा नेपालको दोस्रो दिनको बैठकमा अध्यक्ष यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ […]