काठमाडौंको न्यूनतम तापक्रम घट्यो
- माघ १८, २०८१
- 0
काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ ।
बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो ।
बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो लाग्न सक्ने छ ।
एक साताअघि शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो ।
त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।
0 प्रतिक्रिया
नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै
नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल शुक्रबार हुँदैछ । आज हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा […]
अर्थ समितिको बैठक बस्दै
संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित […]
काठमाडौंको न्यूनतम तापक्रम घट्यो
काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम […]
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्वोधन गर्ने
संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशन शुरु […]
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा आजबाट सुरु हुने हिउँदे अधिवेशनका […]