‘एलसीके’ वन्डर उमनको चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण समारोह (फोटोफिचर)
- माघ १४, २०८१
- 0
काठमाडौं – लायन्स क्लव अफ काठमाडौं वन्डर उमनले आफ्नो चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
बिहिबार गौशालास्थित होटल पौवामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता ड्रिष्ट्रिक ३२५ आई नेपालका ड्रिष्ट्रिक गर्भनर लायन विनोद ढुंगानाको रहेको थियो भने कार्यक्रमको अध्यक्षता क्लवकी अध्यक्ष लायन सुलेना श्रेष्ठले गरेकी थिइन् ।
क्लवले आफ्नो स्थापना दिवसकै अवसर पारेर आफूले स्पोन्सर गरेको क्लव लायन्स क्लव अफ काठमाडौं तिर्थ नेक्ससलाई चार्टर हस्तान्तरण समेत गरेको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै ड्रिष्ट्रिक गर्भनर लायन विनोद ढुंगानाले वन्डर उमनले स्थापनाको चौथो वर्षमा आईपुग्दा धेरै सामाजिक कार्यहरु गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले नयाँ क्लव तिर्थ नेक्ससलाई लायन्समा भित्राएकोमा समेत वन्डर उमनलाई धन्यवाद व्यक्त गरे । उनले क्लवका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष र सम्पुर्ण सदस्यहरुका कारण वन्डर उमन उत्कृष्ट क्लव हुन सफल भएको बताए ।
त्यस्तै क्लवकी संस्थापक अध्यक्ष मेघा तिमल्सिनाले आफ्नो क्लवको स्थापना दिवसकै अवसरमा नयाँ क्लव जन्माउन पाउँदा गौरवान्वित महशुस भएको बताइन् । अग्रजहरुको साथ सहयोगका कारण संस्था अघि बढ्न मद्दत भएको भन्दै उनले क्लवले थुप्रै सामाजिक तथा मानवीय कार्य गर्न सफल भएको बताइन् । साथै आगामी दिनहरुमा क्लवले विशेषगरि महिला स्वास्थ्य र भईपरि आउने विपतमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाईन् ।
त्यस्तै ड्रिष्ट्रिक ३२५ आई नेपालकी फ्रष्ट भिडिजि लायन पार्वती खरेल पाण्डेले वन्डर उमनले गरेको सामाजिक तथा मानवीय कार्यको प्रशंसा गरिन् । क्लवले दुरदराजका महिलाहरुलाई स्वास्थ्य सेवा पु¥याउन होस् या शौचालय निर्माण रक्तदानका कार्यक्रम, खाद्यन्न तथा लत्ताकपडा वितरणजस्ता सामाजिक कार्यहरु गर्दै चौथो वर्षमा प्रवेश गरेको बताइन् । वन्डर उमनले गरेको सामाजिक कार्यहरुले अन्य क्लवहरुलाई पनि प्रेरणा मिलेको र आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरिन् ।
क्लवकी अध्यक्ष सुलेना श्रेष्ठले कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्ण प्रमुख अतिथि तथा अतिथिहरुलाई धन्यवाद व्यक्त गर्दै लायन्स क्लव अफ नेक्ससलाई भित्राउन पाएकोमा खुशी व्यक्त गरिन् । साथै सो क्लवकी अध्यक्ष सिमरन थपलिया र सम्पुर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
त्यस्तै लायन्स क्लव अफ काठमाडौं तिर्थ नेक्ससकी चार्टर प्रेसिडेन्ट लायन सिमरन थपलियाले सेवाको हात अघि बढाउन क्लवको सुरुवात गरेको बताइन् । युवा सोच र विचारले भरिएको क्लव भएकाले सेवा मात्र होइन त्यसमा नवीनता, प्रभाव र व्यक्तिगत स्पर्श समेत दिने बताईन् । साथै उनले आफ्नो क्लवको स्थापना गर्ने अभिभावक क्लव वन्डर उमनलाई धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा फ्रष्ट लेडि लायन बद्रीका ढुंगाना, पिएमसीसी लायन मानबहादुर रोक्का, सेकेन्ड भिडिजि लायन सुर्यकुमार केसी, लायन विष्णु भण्डारी, लायन महेश पाण्डे, लायन केदारप्रसाद न्यौपाने, लायन बिना श्रेष्ठ, लायन कल्पना श्रेष्ठ, लायन एलिशा श्रेष्ठ, लायन धिरज श्रेष्ठ, लायन अनिता थापा विष्ट, लायन तुलसा गौतम साथै अन्य लायन पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा तिर्थ नेक्ससकी चार्टर प्रेसिडेन्ट लायन सिमरन थपलिया र कार्यसमितिलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । अन्त्यमा क्लव चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केक काटेर चार्टर नाइट सेलिब्रेसन गरिएको थियो ।