रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, आइतबार उपस्थित हुनेगरी छोडियो

news-details

सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन ।

जिल्ला अदालत रुपन्देहीमा आज पनि बहस नसकिएको हो । आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरेका छन् ।

लामिछाने तर्फका वकिलहरू सुशील पन्त, सुरेन्द्र थापा र अर्का एकजना वकिलले बहस गरेका छन् ।

बहस नसकिएपछि लामिछानेलाई आज पनि आइतबार उपस्थित हुनेगरी श्रीमतीको जिम्मा लगाएर छोडिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *