आज चारवटा संसदीय समितिको बैठक बस्दै
- माघ ८, २०८१
- 0
आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ
मंगलबार पहिलो बैठक बिहान ११ः३० बजे उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूचि रहेको छ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने छ। बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुनेछ।
यस्तै,सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा सुरु हुनेछ। बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गर्ने कार्यसूचि छ ।
दिउँसो ३ः०० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने छ।
0 प्रतिक्रिया
गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पहल गर्छु : देउवा
नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गैरआवासीय (एनआरएन) नागरिकताको कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् । केही दिनमा […]
राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा […]
अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूतले गरे पदभार ग्रहण
स्पेन अधिराज्यका लागि नेपालका आवसीय राजदूत एवम् माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले स्पेन पुगेर पदभार ग्रहण गरेका छन् । […]
धरानका मेयर हर्क साम्पाङ सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । मंगलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई […]
आज माओवादीको पदाधिकारीको बैठक बस्दै
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दिउँसो १ बजे […]