माघ १० गतेदेखि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन
- माघ ६, २०८१
- 0
बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ।
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
‘प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ’, सभामुख पाठकले भने, ‘प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ। सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला’, उनले भने।
गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो। सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो।
0 प्रतिक्रिया
माघ १० गतेदेखि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन
बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ […]
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित […]
सहिदहरुको सम्झनामा जानकी मन्दिरमा दिप प्रज्वलन
बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ । सहिदरुको […]
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन […]
खो खो विश्वकपको फाइनल आज, उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ । आज पुरूष र महिला […]