सूर्यदर्शन ठगी प्रकरण : तीनजना धरौटी बुझाएर रिहा
- पुस २५, २०८१
- 0
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै तीनजना धरौटी रकम बुझाए रिहा भएका छन् ।
अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर रिहा भएको हुन् ।
अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो ।
कोसँग कति मागियो धरौटी ?
कास्की जिल्ला अदालतका न्यायाधीश नितीज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका सात जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ र गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीलाई ८५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यसैगरी, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५-५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सूचना अधिकारीले जानकारी दिए ।