रास्वपाले गठन गर्यो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
- पुस २१, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।
आइतबार रास्वपाले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।
कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।
कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
साथै कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।
0 प्रतिक्रिया
सातदोबाटोको अवैध कल सेन्टरमा सिआइबीको छापा, तीन जना भारतीयसहित ५३ जना पक्राउ
ललितपुरको सातदोबाटोस्थित एक घरमा अवैध कल सेन्टर चलाएको आरोपमा प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले […]
तीनवटा संसदीय समितिको बैठक बस्दै
आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे सिहंदरबारमा बस्दै […]
कानून ब्यबसायीले रबि लामिछानेलाई हाजिरी जमानीमा छाड्न इजलाशसमक्ष अघि सारे चार तथ्य
रबि लामिछाने पक्षधर कानून ब्यबसायीहरुले जिल्ला अदालत कास्कीको सोमबारको इजलाशमा रबि लामिछानेलाई अदालतले चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा […]
एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक […]
नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी […]