पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव : ‘सामाजिक परिवर्तनको नायक बन्नुहोस्’

news-details

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिककर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पु¥याउने बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि भएको बताइन् ।

उनले भनिन्,‘प्रस्तुत किताब साहित्यिक चेतको निरन्तरता हो । साहित्य समाजको दर्पण मात्र होईन् । राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि हो । साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको सम्वाद समेत हो । सामाजिक आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिक कर्मीहरुद्धारा गरिने साहित्य सृजनापनि अन्तत सामाजिक परिवर्तन कै अभियानलाई थप बल पु¥याउछ ।’

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिए । यदी कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अविभावक बन्नुपर्ने धारणा राख्ने उनले बताए ।

उनले भने,‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रुपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ । तर राजनीतिमै फेरि आउन चाहनु भएको हो कि भन्ने चर्चा छ । यदी कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अविभावक यो देशलाई चाहिएको छ । ताकि कुनै आमाहरुले पीडा सहन नपरोस् । राजनीतिमा लागेर कसैको मात्र बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर अर्थात माथि सामाजिक परिवर्तनको नायक बन्न जरुरी पनि छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *