कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पालाई विमानस्थलमा भव्य स्वागत

‘नेपाललाई विश्वसामू चिनाउने सपना पूरा भएको छ’ : शेर्पा
news-details

बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् ।

स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन ।

शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् ।

स्वदेश फर्किएका जी शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सानैदेखीको नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताए । उनले सातवटै महादेशको हिमालहरु सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए ।

उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’

यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अफ्ठयारो नभएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *