‘सत्तामा हुदाँ धर्म बिर्सने र बाहिर जाने वित्तिकै पवित्र ठान्ने प्रवृत्ति छ’

news-details

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबै भन्दा बढि पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले एकले अर्कोलाई दोष लगाउने खेलहरु भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहको बताएका हुन् ।

उनले भने, ‘हामीले धेरै ब्लेम गेमहरु गर्यौं । एकले अर्कोलाई दोष लगाउने । अर्कोले अर्कोलाई दोष लगाउने । जब सत्ताभन्दा बाहिर गयो सबै भन्दा बढि पवित्र हुने सत्तामा हुँदा जो भएपनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ । त्यसलाई एउटा निश्चीत मापदण्ड बनाउ भ्रष्टाचार नियन्त्रणको लागि ।’

उनले शासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन् तबसम्म सुशासन कायम नहुने बताए ।

वर्तमान समयमा सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको पनि उनको भनाई छ ।

उनले भने, ‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौं, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन् तबसम्म सुशासन कायम हुन्दैन् । त्यो सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको अवस्था छ ।’

सबै भ्रष्टाचारका फाइलहरु खोल्ने भन्दा पनि जे जति चर्चामा छन् त्यो फाईलहरुलाई पहिला टुङ्गो लगाउन आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले निर्णायक, स्टेक होल्डरका रुपमा अग्र मोर्चामा उभिएको शक्ति भनेकै नेपालका पत्रकारहरु रहेको बताए । मिडिया क्षेत्रलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि श्रमजीवि पत्रकारहरुको हकका लागि काम गर्न महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘विधमान शासकिय प्रणालीमा हामी जसरी उभिएका छौ । यसको लागि एउटा निर्णायक, स्टेक होल्डरका रुपमा अग्र मोर्चामा उभिएको शक्ति कोही हो भने त्यो नेपालका पत्रकारहरु हुन् । मिडिया क्षेत्र हो, यसलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि श्रमजीवि पत्रकारहरुको हकका लागि काम गर्न महासंघले भूमिका खेल्नु पर्नेछ ।’

त्यस्तै, मिडियाकर्मीहरुको आर्थिक, भौतिक, सामाजिक सुरक्षा नभएको भन्दै त्यसको लागि पनि महासंघले काम गर्न आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘आज समाजमा यो क्षेत्रका धेरै चुनौतीहरु पनि छन् । जनतालाई साँचो अर्थमा सत्य सूचना प्रवाह गर्ने महत्वपूर्ण दायित्व तपाईहरुको काँधमा छ । मिडियाकर्मीहरुको आर्थिक, भौतिक, सामाजिक सुरक्षा छैन् यसको लागि पनि महासंघले काम गर्नुपर्छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पहिलो मुद्धाको रुपमा श्रमजीवि पत्रकारहरुको हक हित नै हेरेको भन्दै निष्पक्ष ढंगले त्यसैमा लागेर काम गर्ने बताईन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने कुनै पनि तत्वसँग सहकार्य नगर्ने उनले प्रतिवद्धता जनाईन् ।

उनले भनिन्, ‘म स्वतन्त्र रुपमा काम गरिरहेको हुनाले मैले कसैको नुन खाको छैन् । यसकारण पहिलो मुद्धा भनेको श्रमजीवि पत्रकारहरुको हक हित नै हो । यसमा कुनै खालको आसंका गर्नु पर्दैन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने कुनै पनि तत्वसँग हाम्रो सहकार्य हुदैँन् ।’

उम्मेदवार हुने क्रममा धेरै आरोपहरु पत्रकारमाथि नै लाग्ने गरेको भन्दै महासंघमा पक्ष र विपक्ष भएर लडेपनि अब पत्रकार महासंघ जिल्ला, सबै देशभरका शाखा र केन्द्र एउटा छातामुनि बसेर काम गर्ने उनको भनाई छ ।

उनले भनिन्, ‘उम्मेदवार हुने क्रममा अथवा बन्ने क्रममा धेरै आरोपहरु पत्रकारमाथि लाग्छ । अब त्यो कुराहरु सक्यो पत्रकार महासंघमा पक्ष र विपक्ष भएर लडेपनि अब पत्रकार महासंघ जिल्ला, सबै देशभरका शाखा र केन्द्र एउटा छातामुनि छौ हाम्रो पक्ष विपक्षको मत सक्यो ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *