संघिय संसद अन्तर्गत ६ वटा समितिको बैठक बस्दै

news-details

आज संघिय संसद अन्र्तगत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्र्तगत अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दैछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिदैछ ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्दैछ । बैठकको कार्यसूचीमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा र नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थितिको बिषयमा छलफल हुदैछ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ३१ औं बैठक पनि आज ११ बजे बस्दैछ । बैठकमा नेपालमा जलबायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउँने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिदैछ ।

यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको पचपन्नौँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को सम्बन्धमा छलफल हुदैछ ।

यस्तै, आज संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको २९ औँ बैठक पनि बस्दैछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ । बैठक बिहान ११ः०० बजे बस्दैछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *