गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : सभापति देउवा

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताए ।

उनले भने,‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनिय बनाउनका लागि सबैको कर्तव्य हो । मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ । र यसलाई अझै सुदृढ बनाउन आवश्यक छ ।’ त्यस्तै उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए ।

त्यस्तै कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए ।

उनले भने,‘नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण जनताको अधिकारको लागि गरेको संघर्षको कारण आज नेपाली राजनीति यहाँसम्म पुगेको छ । आधुनिक नेपालको राजनीतिक जग बनाउने काम नेपाली कांग्रेसको नेतृत्वले नै बनेको छ ।’

त्यस्तै अर्का नेता राजन केसीले राजीनितक क्रान्ति सफल पारेपनि आर्थिक क्रान्ति भने सफल पार्न नसकिएको भन्दै त्यही कारणले राजनीतिक सफलता कुनैपनि बेला धरापमा पर्न सक्ने खतरा रहेको बताए ।

उनले भने,‘हामीले राजनीतिक क्रान्ति त सफल पा¥र्यौ तर आर्थिक क्रान्ति भने सफल पार्न सकेनौं । त्यसैले हामीले ल्याएको राजनीतिक सफलता पनि कुनै पनि बेला धरापमा पर्न सक्छ । ’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *