आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

news-details

हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा मौसम सफा रहेको छ । यसको साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागि रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान र गण्डकी, कोशी प्रदेशका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *